गणेश नेपालीको मृत्युले उब्जाएको प्रश्न : जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक ?
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर उद्धार गरिएको घटना र उपचारका क्रममा भएको उनको निधनले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस छेडेको छ ।
