ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचनका क्रममा उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्द्धन र पर्यटक पूर्वाधारको विकासका लागि आर्थिक वर्ष २०८३/८४ का लागि चार अर्ब बजेट विनियोजन गरेको बताए ।
