SHARE
कालिका खबर · शनिबार २७ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

टुर्गान अध्यक्षमा उत्तमप्रसाद देवकोटाको उम्मेदवारी, गाइडको हकहित र संस्थागत सुधार मुख्य एजेन्डा

काठमाडौं । नेपालका पर्यटक गाइडहरूको छाता संस्था टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)को अध्यक्ष पदका लागि उत्तमप्रसाद देवकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ। टुर्गानको आज असार २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ३३औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। ‘पर्यटनका लागि गाइड, गाइडका लागि प्रतिबद्ध नेतृत्व’ भन्ने मूल नारासहित देवकोटाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गाइडहरूको पेशागत सम्मान, सुरक्षा, क्षमता विकास तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले टुर्गानलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ।