अति महत्त्वपूर्ण विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अब एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् । ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्तिपछि विवाद भएपछि उनले शनिबार सामाजिक सञ्जाल एक्स मार्फत अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक कुनै पनि सञ्चारमाध्यम, युट्युबर वा सामाजिक सञ्जालका सञ्चालकलाई अन्तर्वार्ता नदिने बताएका हुन् ।
