SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको नाममा डिजिटल ठगी, ग्राहकलाई सचेत रहन आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम दुरुपयोग गरेर ग्राहकलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सबैलाई सावधान रहन आग्रह गरेको छ । बैंकले विज्ञप्ति जारी गर्दै केही व्यक्तिले बैंकको कर्मचारी बनेर फोन, इमेल वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने, केवाईसी अपडेट गर्ने बहाना बनाउने र ग्राहकबाट गोप्य जानकारी माग्ने गरेको जनाएको हो ।