पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र
बागलुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत ढोरपाटन नगरपालिका–९ फल्लेघरमा शनिबार बिहान सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन भ्रमणका लागि आएका पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।
