SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

भारतीय मूलकी किशोरी अमेरिकी नौसेना क्याडेट बटालियनको सर्वोच्च कमाण्डर

भारतीय मूलकी अमेरिकी किशोरी रिद्धि चौहान अमेरिकाको नेभी जुनियर रिजर्भ अफिसर्स ट्रेनिङ कोर्प्स (एनजेआरओटीसी) अन्तर्गत आफ्नो विद्यालयको करिब तीन सय क्याडेटको बटालियन कमाण्डिङ अफिसर नियुक्त भएकी छन्। यो उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीले पाउने सबैभन्दा उच्च नेतृत्वदायी पद हो।