SHARE
कालिका खबर · शनिबार २७ असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटका क्रममा अध्यक्ष सिटौलाले बागमती प्रदेश, विशेषगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई दिइने क्षतिपूर्ति र घाइतेहरूको उपचारका क्रममा आइपर्ने व्यावहारिक कठिनाइहरू समाधानका लागि सहजीकरण गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरेका थिए ।