SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

सरकारलाई गगन थापाको प्रश्न– राज्यले नागरिकलाई आड र भरोसा दिन किन सकेन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कतिपय नागरिक राज्यकै सामु आफूलाई असहाय महसुस गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि व्यवहारमा त्यस्तो अनुभूति हुन नसकेको बताएका हुन् । उनले लेखेका छन्, ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ ।