गणेश नेपालीजस्तो घटना दोहोरिन नदिन सरकार सचेत बनोस् : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको समस्याप्रति सरकार गम्भीर र संवेदनशील बन्नुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुरक्षित बनाउने नाममा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले भोगिरहेको पीडा अत्यन्तै गम्भीर, हृदयविदारक र संवेदनशील रहेको बताएका हुन् ।
