SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

कोरला नाका जोड्ने छुसाङ–घमी सडकको कालोपत्रका लागि ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो ।