SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी, सुकुमबासीको बिचल्ली : ‘१५ दिन’को आश्वासन तीन महिनासम्म अधुरै

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट स्थानान्तरण गरिएका सुकुमबासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार मध्यराति बाढी पसेपछि त्यहाँ आश्रय लिएका परिवारहरूको बिचल्ली भएको छ । असुरक्षित स्थानमा राखिएको र १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता तीन महिना बित्दासमेत पूरा नभएको भन्दै पीडितहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।