SHARE
कालिका खबर · शनिबार २७ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

ट्राफिक जरिवानाबारे अभिव्यक्तिले विवादमा तानिएपछि महावीर पुनले मागे माफी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । काठमाडौंमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि विवादमा तानिएका पुनले शनिबार फेसबुकमा लेख्दै माफी मागेका हुन् । काठमाडौंमा पठाओ चलाउने मुगुका २५ वर्षीय गणेश नेपालीले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गर्दा उनको उपचारका क्रममा निधन भएको थियो । घटनाभन्दा पहिले नै पुनले ट्राफिक जरिवाना ५० हजार रुपैयाँ हुनुपर्ने बताएका थिए ।