कालीकोटको गगनेखोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार अविरल वर्षापछि गगनेखोलामा ठूलो पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन बिहान ३ बजेदेखि नै डोजरसहित सफाइ कार्य भइरहेको छ ।
