बुद्धनगरमा ४५ वर्षीय पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार जारी
काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा डेरा गरी बस्ने एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान करिब ६स्२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
