SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको शव अझै बेवारिसे, परिवारले भन्यो– ‘न्याय नपाएसम्म बुझ्दैनौँ’

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न नमानेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । बिहीबार त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको शुक्रबार दिउँसो वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । वीर अस्पतालका अनुसार परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षित रूपमा राख्न शव शिक्षण अस्पताल पठाइएको हो ।