कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज आयोजना हुने भएको छ। क्यानले यस ऐतिहासिक सिरिजको बारेमा शुक्रबार जानकारी दिएको हो। क्यानका अनुसार यो सिरिज सन् २०२६ को डिसेम्बर महिनामा सञ्चालन हुनेछ।
