एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन् ।
