SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

लागु औषध खैरो हेरोइनसहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरीको बर्दिबासबाट प्रहरीले ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।