काठमाडौंको बुद्धनगरमा फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास
काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए । उनका अनुसार राउतलाई प्रहरी उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
