SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न

सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा गएराति सो क्षेत्र जलमग्न भएको हो । जलमग्नपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।