SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।