SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

पूर्वराजदूत तापस अधिकारी एफएनसीसीआई कोशी प्रदेशको परराष्ट्र सम्बन्धी सल्लाहकारमा मनोनयन

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पूर्वराजदूत तापस अधिकारीलाई महासंघको ‘परराष्ट्र सम्बन्धी सल्लाहकार’ मा मनोनयन गरेको छ। शुक्रबार सम्पन्न कार्यसमितिको दोस्रो बैठकको निर्णयअनुसार अधिकारीलाई उक्त पदमा मनोनयन गरिएको महासंघ कोशी प्रदेशले जानकारी दिएको हो। महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा हस्ताक्षरित पत्रमार्फत अधिकारीलाई मनोनयनबारे औपचारिक जानकारी गराइएको छ।