सम्पत्ति छानबिन आयोगमा करिव १४ हजारले बुझाए विवरण
पहिलो चरणमा २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन भइरहेको छ। पछिल्लो समय सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेहरूको लाइन नै लाग्ने गरेको छ। आयोगमा अहिलेसम्म १३ हजार ६६० जनाले सम्पत्ति विवरण बुझाएका छन्। जसमा पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशदेखि कर्मचारीसम्म रहेका छन्। सम्पत्ति छानबिन आयोगमा अहिलेसम्म १३ हजार ६६० जनाले सम्पत्ति विवरण बुझाएका छन्।
