निष्कृय खाता सके सक्रिय गराउने नभए बन्द गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता बन्द गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन २०५८’ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।
