SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

फुटपाथ र पार्किङ व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय गठन गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।