SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

सर्लाहीमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको सर्लाही प्रहरीले जानकारी दिएको छ। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ। सर्लाही–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि घटनाका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।