कुनै पनि काम अघि नबढाउन सम्पत्ति छानबिन आयोगलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले इजलासले अन्तरिम आदेश जारी गरेको हो । सरकारले उच्च सार्वजनिक ओहदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो । उक्त आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो ।
