SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

गणेशको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि आत्मदाहको प्रयास, काठमाडौं ल्याइँदै

काठमाडौं । बिहीबार गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा त्यस्तै प्रकृतिको अर्को घटना घटेको छ । सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन् । शुक्रबार दिउँसो साढे २ बजेको समयमा मण्डलले पेट्रोल छर्किएर आफ्नो शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले लोकपथलाई जानकारी दिए ।