किन बचाउन सकेन सरकारले गणेश नेपाली ?
जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा समयमै उद्धार र सही उपचार पाए धेरै बिरामीलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर शरीरको ठूलो भाग जलेको अवस्थामा बाहिरी घाउसँगै भित्री अंगमा पर्ने असरले बिरामीको अवस्था जटिल बन्न सक्छ ।
