गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न छानबिन समिति गठन
काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङले गणेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
