SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु शताब्दीकै क्रुर मानव हत्या : प्रलोपा

काठमाडौं । प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गणेश नेपालीको आत्मदाहपछि मृत्युबारे सरकारको आलोचना गरेको छ । मुगुका गणेश काठमाडौंमा संघर्ष गरिरहेको अवस्थामा आत्मदाह गर्न बाध्य हुनुमा राज्यको दोष रहेको आरोप प्रलोपाको रहेको छ । राज्यका अमानवीय व्यवहारका कारण गणेशले आत्मदाह गरेर मृत्युबरण गरेकोप्रति समवेदना दिँदै प्रलोपाले त्यसलाई शताब्दीकै क्रुर मानव हत्याको संज्ञा दिएको छ ।