गणेश नेपाली आत्मदाह प्रकरण : डीआईजी थपलियाको नेतृत्वमा छानबिन समिति गठन
गणेश नेपाली आत्मदाह प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौँ प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्।
