SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

खामेनीको हत्याको बदला अवश्य लिइन्छ : आईआरजीसी प्रमुख

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख ब्रिगेडियर जनरल अहमद वहिदीले सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने चेतावनी दिएका छन्। अमेरिका र इजरायलविरुद्ध प्रतिशोध अपरिहार्य रहेको भन्दै उनले यो घटना इतिहासबाट कहिल्यै नमेटिने बताएका छन्। सेपाह समाचार एजेन्सीले प्रकाशित गरेको वक्तव्यमा वहिदीले खामेनीको हत्याका दोषीहरूलाई न्यायको कठघरामा ल्याइने र विशेषगरी ‘बालबालिका हत्यामा संलग्न अमेरिकी सेना’विरुद्ध उचित जवाफ दिइने बताएका छन्। उनले भने, “अमेरिका र इस्लामिक क्रान्ति तथा प्रतिरोध मोर्चाका सबै शत्रुहरूले यस्तो कायरतापूर्ण हत्या गरेर प्रतिरोधको झण्डा कहिल्यै झुकाउन सक्दैनन् भन्ने बुझ्नुपर्छ।