SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले सोध्यो बालेनलाई प्रश्न

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ । जहाँ एक २५ वर्षे युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् ।