राज्य संयन्त्रकै दबाबका कारण गणेशले आत्मघाती कदम चाल्न बाध्य भए : एमाले
काठमाडौं । नेकपा (एमाले) ले पठाओ चालक गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा कर्णालीको मुगुबाट काठमाडौं आएर परिवारको जीविकोपार्जनका लागि राइडरका रूपमा संघर्ष गरिरहेका २५ वर्षीय गणेश नेपालीको आत्मदाह र निधनले मुलुकलाई स्तब्ध बनाएको उल्लेख गरिएको हो। नागरिकलाई गरिमापूर्ण वातावरण दिनुपर्ने राज्य संयन्त्रकै दबाबका कारण उनी आत्मघाती कदम चाल्न बाध्य भएको एमालेको दाबी छ।
