SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

औद्योगिक गाँजा खेती वैधानिक बनाउने गण्डकी प्रदेशको पहल स्वागतयोग्य : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेश सरकारले नन-नार्कोटिक औद्योगिक गाँजा (Industrial Hemp) खेतीलाई स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी सञ्चालन नीतिसहित वैधानिक बनाउने पहल गरेकोप्रति स्वागत गरेका छन्। मल्लले यो कदमले कृषि, उद्योग तथा निर्यात क्षेत्रको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्दै किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना, बाँझो जमिनको सदुपयोग तथा औद्योगिक कच्चा पदार्थ उत्पादनमा उल्लेखनीय योगदान पुग्ने बताएका छन्।