गणेश नेपालीको आत्मदाहले तात्तियो संसद
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको निधनसँगै अहिले चलिरहेको संघीय संसदको प्रतिनिधि सभा बैठकमा विभिन्न दलका सांसदहरुले उनका पक्षमा र सरकारको रवैयाका विषयमा आफ्ना धारणाहरु राखिरहेका छन् ।
