सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण बदलियो : वर्षमान पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्। उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए।
