१६ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज, ६१० किमि रेन्जसहित अपग्रेड हुँदै लीपमोटर बी१०
काठमाडौं। चिनियाँ विद्युतीय सवारी निर्माता लीपमोटरले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी बी१० को अपग्रेडेड संस्करण सार्वजनिक गर्ने तयारी गर्दै आधिकारिक रूपमा बुकिङ खुला गरेको छ। कम्पनीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत नयाँ बी१० को अग्रिम बुकिङ सुरु भएको जानकारी दिएको हो। कम्पनीका अनुसार ग्राहकले केवल १५ अमेरिकी डलर जम्मा गरेर गाडीको बुकिङ सुरक्षित गर्न सक्नेछन्। प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकलाई १० हजार इनर्जी पोइन्ट्स, आफूले रोजेको बाहिरी रङ निःशुल्क छनोट गर्ने सुविधा तथा सबैभन्दा पहिले टेस्ट ड्राइभ गर्ने अवसर प्रदान गरिने जनाएको छ। नयाँ बी१० मा यसअघि भन्दा महत्वपूर्ण प्राविधिक सुधार गरिएको छ।
