SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

सार्वजनिक लेखा समितिमा पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा एमाले र राप्रपा

काठमाडौं । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी निकायमा रहेका बेरुजुको विस्तृत अध्ययन, छलफल र फस्र्यौटका लागि पाँचवटा विषयगत उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालय तथा संवैधानिक निकायलाई पाँच समूहमा विभाजन गर्दै उपसमिति गठन गर्ने निर्णय गरेको हो ।