SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

मान्छेलाई नियम मान्न भन्दा मर्न सजिलो हुन्छ भने बरु नियम परिवर्तन गरौँ : गणेश कार्की

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले ट्राफिक नियमका बारेमा नागरिकलाई बुझाउन लाग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि त्यसबारे प्रतिक्रिया जनाउँदै उनले सो कुरा बताएका हुन् ।