SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५२ ग्राम, डाइक्लोमाइन ८ ट्याब्लेट, स्पारेष्ट १० ट्याब्लेट र नगद ३ लाख ३८ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २४ वर्षीय सन्दिप तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।