अमेरिका पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने पक्राउ
अमेरिका पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल रहेका छन्। प्रहरीका अनुसार अर्यालले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको आरोप छ।
