SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु

मड्रिड । दक्षिणपूर्वी स्पेनको आल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दाेस क्षेत्रमा लागेको भीषण डढेलोमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । यी घटनामा अरु ६ जना घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्या अन्डालुसिया क्षेत्रीय सरकारले शुक्रबार पुष्टि गरेको हो । अधिकारीहरूका अनुसार केही मृतक जलेर नष्ट भएका सवारीसाधनभित्र भेटिएका थिए । विद्युत् प्रसारण लाइन खसेपछि आगलागी सुरु भएको र त्यसपछि नजिकैको जंगलमा तीव्र रूपमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीको वास्तविक कारणबारे अधिकारीहरूले औपचारिक पुष्टि गरेका छैनन् ।