सदस्य पदमा मीरा अधिकारी, ‘महिला सहभागिता र व्यवसायीको हितका लागि सक्रिय भूमिका खेल्छु’
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट मीरा अधिकारी सदस्य पदकी उम्मेदवार बनेकी छन्। पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा महिला नेतृत्वको भूमिका थप प्रभावकारी बनाउन र परिषद्लाई सबै व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएको बताएकी छन्। अधिकारीले ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको विकासमा व्यवसायी, स्थानीय समुदाय र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताइन्।
