SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई उद्योग वाणिज्य महासंघको सुझाव : ‘सरकार नियामक होइन, सहजीकरणकर्ता बन्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा लगानी प्रवर्द्धन, निजी क्षेत्रको मनोबल वृद्धि तथा आर्थिक विकासलाई गति दिन सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने सुझाव प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राखेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रलाई पुनः चलायमान बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेको बताए। उनले सरकारले अघि सारेको परिवर्तन, रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको अवधारणालाई व्यवहारमा उतार्न निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।