SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नाउपाबाट उम्मेदवार बनिसकेका धनिराम चौधरी जनमतमा प्रवेश, रुपन्देही-३ मा उठ्ने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्।उनीहरूलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका थिए। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर चौधरी, रुद्र नारायण चौधरी, बैजन्ती चौधरीलगायत नेता कार्यकर्ताहरू रहेका छन्।