वीरगञ्जको हैजा नियन्त्रण गर्न तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा
काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । गृहमन्त्रालयमा बसेको बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए। 'विभिन्न माग राखि भइरहेका धर्ना,जुलुश,आन्दोलन तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ,'प्रवक्ता काफ्लेले भने,'मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।
