SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

राहदानी विभागअघि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ । वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका नेपालीको केहीबेरअघि निधन भएको हो । मुगुको सोरु गाउँपालिकाका नेपालीले बुधबार त्रिपुरेश्वरस्थित सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।